arrow

मातातीर्थ औँसीमा नबिल बैङ्कको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
nabil-mother-day-2024.jpg

काठमाडौँ। मातातीर्थ औँसीको अवसरमा नबिल बैङ्क लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ। हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैङ्कले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरेको छ।

विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बने पछिको अवस्थालाई यो भिडियोले औँल्याएको छ। आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ। त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खोल्ने भूमिका पनि यो भिडियोमा देखाइएको छ।

जम्मा दुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालन पालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ। यस भिडियोले देखाइएको आमाको दैनिकी अधिकांश नेपालीहरूको घरको कथासँग मेल खान्छ।

नेपालको अग्रणी बैङ्क नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ। मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन्।

यस्तो छ भिडियो सन्देश



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ