arrow

बजेटका लागि एफएनसीसीआईले सरकारलाई बुझायो ७५ बुँदे सुझाव [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
fncci-building-teku-13.gif
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ बजेटमा व्यवस्था गर्नुपर्ने करका दरको सम्बन्धमा सरकारलाई विस्तृत सुझाव दिएको छ । शुक्रबार महासंघले पाँच महलेसहित ७५ बुँदामा उक्त सुझाव मन्त्रालयमा बुझाएको हो । 

महासंघले बुझाएको सुझावको अधिकांश विषय करका दरको सम्बन्धमा रहेको छ । उक्त सुझावमा हाल ३६ प्रतिशतसम्म लाग्दै आएको व्यक्तिगत आयकरलाई ३० प्रतिशतमा झार्नुपर्ने, वित्तीय क्षेत्र र इन्टरनेट सेवा प्रदायकमाथि लगाइएको ३० प्रतिशत आयकरलाई २५ प्रतिशतमा झार्नुपर्ने जस्ता महत्वपूर्ण विषय समावेश गरिएका छन्  । 

महासंघले अहिलेको व्यवस्था, अब गर्नुपर्ने व्यवस्था, त्यसको कारण र नयाँ व्यवस्था लागू भएपछि पर्ने प्रभावको बारेमासमेत छुट्टाछुट्टै महल बनाएर सुझाव दिएको छ ।

मूल्य अभिवृद्धि करको दरलाई १० प्रतिशतमा झार्न सुझाव दिएको महासंघले बहुदरको माग भने गरेको छैन । शेयर र घरजग्गा कारोबारको लाभलाई अन्तिम रकम मानेर आयकर छुट हुने व्यवस्था गर्नसमेत महासंघले सुझाव दिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ