arrow

जिम्मेवारीबाट तर्किदै गृहमन्त्री लामिछाने भन्छन् –जीबी राईलाई अघिल्लो सरकारले भगायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
ravi-lamichhane-81-1-29.jpg

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना व्यवसायिक साझेदार जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् । शनिबार बिहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउँदै ‘भगाएको मान्छे’ लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।

अघिल्लो सरकारले नै भगाएको हो भने पनि त्यतिबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि प्रधानमन्त्री छन् र त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले परराष्ट्र मन्त्री छन् । 

जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने, ‘भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।’ त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने, ‘भाग्दाखेरी सरकारमा को थियो ?

उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्‌मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।

लामिछानेमाथि सहकारी प्रकरणमा मुछिएको आरोप छ । उनले संसदीय छानबिन समितिसमेत बनाउन दिएका छैनन् । जसका कारण संसद अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ