arrow

वैवाहिक बलात्कार र अप्राकृतिक प्रकरणमा गायक रवि ओडले गरे आत्मसमर्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
rabi-odd.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् । कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।

उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै  इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

त्यसबेला विदेशमा रहेका ओड नेपाल फर्केपछि आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ