arrow

फ्यान बढेर भीड भएपछि पुष्पा फेम अल्लु अर्जुनविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
allu-arjun-always.jpg

काठमाडौँ । पुष्पा फेम दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा परेका छन् । आफ्नो घनिष्ठ मित्र र वाईएसआरसीपी विधायक रविचन्द्र किशोर रेड्डीको लागि प्रचार गर्न नन्दयाल पुगेपछि फ्यानहरुको ठूलो भीड जम्मा भएपछि उनीमाथि प्रहरीले मुद्दा दायर गरेको छ । 

मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनविरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अल्लु अर्जुनलाई हेर्न रविचन्द्रको घरमा ठूलो संख्यामा फ्यान र समर्थकको भीड लागेको र यसले ठूलो शान्ति व्यवस्था र ट्राफिक समस्या सिर्जना गर्दा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार अभिनेता अल्लु अर्जुन र रविचन्द्र किशोर रेड्डीको टोलीले कुनै अनुमति नलिएर सभा गरेको बताइएको छ । त्यसैले अल्लु अर्जुन र रविचन्द्र रेड्डी विरुद्ध आईपीसीको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार ठूलो भीडका कारण मामिला नियन्त्रणमा आउन नसकेकाले मुद्दा दर्ता गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ