arrow

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक घटनाक्रमबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
ramchandra-prachanda-81-01-30.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रमको सन्दर्भमा भेट गरेको बुझिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

यसै विषयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छलफलसमेत गरेका छन् । सो छलफल सकारात्मक भएको भन्दै प्रचण्डले सोमबार साँझसम्म सहमति हुने बताएका छन् । 

त्यस्तै कांग्रेसले पनि छानबिन समिति बनाउन प्रचण्ड सकारात्मक देखिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ