arrow

सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
nepal-police-Fn.png.png

काठमाडौँ ।  जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ । 

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ