arrow

नयाँ स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
pradip-yadav-oath.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका थिए ।

नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले सोमबार बिहान राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । जसपाबाट वनमन्त्रीमा नवलकिशोर साह सुडी रहेका छन् ।

जसपाले रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेपनि खानलाई मात्र राज्यमन्त्रीमा नियुक्ति गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ