arrow

जसपा आधिकारिकता विवाद सर्वोच्चमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् ।

निर्वाचन आयोगलगायतलाई विपक्षी बनाइ सोमबार दायर गरेको रिट निवदेनमा राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दिएको आधिकारिकताको निर्णयलाई खारेज गर्न माग गरिएको छ । 

रिट निवेदनमा भनिएको छ, “राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत दल त्याग गरी जाने विपक्षी नम्बर २ देखि ८ सम्मका विपक्षीहरु रहेको संघीय संसदको सदस्य पद राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ को अधिनमा रही खारेज गर्नु भनी परमादेशको आदेश जारी गर्दै निजहरुलाई सङ्घीय संसद्को सदस्यको हैसियतले कुनै पनि कार्य गर्न नदिनु भनी प्रतिशोधलगायत परमादेशको आदेश जारी गरी पाउँ ।”
 
यही वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा निर्वाचन आयोगले यही वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो । 

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद रहेका छन् । उक्त विवादमा आगामी जेठ २ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ