arrow

ब्लिन्कन हतियारको आपूर्ति लिएर युक्रेनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
antonie-blenken-usa-fm.jpg

काठमाडौँ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् ।

युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् ।

ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकी अधिकारीहरूका अनुसार ब्लिन्केनले उनीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिनेछन् ।

अमेरिकाले तीन साताअघि अमेरिकी संसदमा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।

ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ