- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले झण्डै ५ लाख सुकुम्बासी, स्ववासी र अव्यवस्थित बसोबास गर्नेलाई यो वर्ष भूमि उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएको छ ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् ।
सरकारले वार्षिक रुपमा सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै आए पनि यो समस्या समाधान हुन सकेको छैन । भूमि सम्बन्धी समस्या समाधान गर्न पटक पटक आयोग बनाउने र खारेज हुने क्रम चलिरहँदा यतिबेला आयोग खारेज गरेको अवस्था छ ।