- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिए ।
उनले नेपाली कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेको र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिबद्धता जनाएको बताए । उनले संसदीय समिति नबनेसम्म सरकारी काममा कांग्रेसले संसद्मा प्रवेश गर्न नदिने स्पष्ट पारे ।
उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु, भन्ने प्रतिबद्धता गरेको हो । समिति बनाउने काममा लाग्छु भन्ने प्रतिबद्धता गरेको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ ।’
उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे ।