arrow

बलात्कारका दोषी सन्दीपको मुद्दामा आज सुनुवाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ । उच्च अदालत पाटनमा बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएपनि सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । 

सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ