arrow

चिनियाँ इभीमा ठूलो शुल्क लगाउने घोषणापछि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
ev-charging-station-lahana-mg-car.jpg

काठमाडौँ । वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र स्विडेनका नेताहरूले मङ्गलबार चिनियाँ इभीमा सम्भावित युरोपेली करका बारेमा केही असहमति व्यक्त गरेका छन् । 

स्टकहोममा एक पत्रकार सम्मेलनमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन र जर्मन चान्सलर ओलाफ सोल्ससँग चिनियाँ इभीमा अमेरिकाले कर लगाएपछि युरोपेली सङ्घ (ईयू) ले लगाउने करको समर्थन गर्नुहुन्छ वा हुन्न भनेर सोधिएको थियो । 

सोल्सको भ्रमणको दोस्रो दिन क्रिस्टर्सनले पत्रकारहरूलाई भने, “जहाँसम्म करको प्रश्न छ, विश्वव्यापी व्यापारलाई समाप्त गर्नु खराब विचार हो भन्नेमा हामी सहमत छौँ ।”

सोल्सले चीनबाट आयातित आधा इभी पश्चिमी निर्माताहरूले उत्पादन गरेको बताए । “त्यहाँ युरोपेली र उत्तरी अमेरिकी निर्माताहरू छन् जो चिनियाँ बजारमा सफल छन् र जसले चीनमा आफ्नो सवारी बिक्री गर्दछन्, हामीले यसलाई सम्झनु आवश्यक छ”, पश्चिम र चीनबीचको व्यापारको महत्त्वलाई जोड दिँदै उनले भने । 

यसअघि वासिङ्टनले बेट्री, स्टिल, महत्त्वपूर्ण खनिज र इभी जस्ता रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्दै चीनबाट हुने १८ अर्ब डलरको आयातमाथि कर बढाउन लागेको घोषणा गरेको थियो । यो वर्ष इभीमाथि करको दर चार गुणा बढेर एक सय प्रतिशत हुनेछ । 

ईयूले गत वर्ष चिनियाँ इभी सब्सिडीहरू युरोपको विशाल अटोमोटिभ उद्योगका लागि खतरा रहेको भन्दै छानबिन सुरु गरेको थियो । एकपटक यसको छानबिन पूरा भएपछि ईयूले चीनबाट आयातित कारहरूमा हालको १० प्रतिशतभन्दा बढी कर बढाउने निर्णय गर्नसक्छ ।

सोल्सले भने, “हामीलाई अहिलेसम्म छानबिनको नतिजा थाहा छैन ।”

क्रिस्टर्सनले युरोपेली जनता ‘सोझो बन्न नहुने’ बताए । “आपूर्ति धेरै कारणले अवरुद्ध हुनसक्छ भन्ने हामीले जान्यौँ, चाहे त्यो महामारीका कारणले होस् वा युद्धको कारणले । हामीसँग विश्वव्यापी बजारमा समान अवसरको माग गर्ने राम्रो कारण छ”, उनले भने, “मुलुकहरूबीच बलियो पारस्परिकताका लागि जोड दिन राम्रो कारण छ तर हामी एकअर्काको उत्पादनलाई रोक्ने व्यापार युद्धमा जर्मनी र स्विडेनजस्ता ठूला औद्योगिक मुलुकहरूको भविष्य छैन ।”


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ