arrow

अपाङ्गता भएकाहरुको प्रदर्शनमा भएको दमनको कांग्रेसले गर्‍यो निन्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको प्रदर्शनमा भएको दमनको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको जीवन रक्षासँगै अपाङ्गता भएकाहरुसँगको सहमति पालना गर्न सरकारलाई दबाब दिन आयोजित प्रदर्शनमा दमन भएको भन्दै कांग्रेसले भत्सर्ना गरेको हो । 

कांग्रेसले न्यायोचित माग पूरा गर्न आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको भत्सर्ना र निन्दा गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ