arrow

बुधबार बस्दै प्रतिनिधि सभा

सक्लान् त प्रचण्डले केपी र रविलाई सहमतिमा ल्याउन ? संसद दुवै जोडिएको प्रकरणले तातिँदै 

विपक्षलाई पेलेरै जानुपर्छ भन्ने अडानमा केपी ओली र रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
prachanda-oli-ravi-81.jpg

काठमाडौँ । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गरेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको हो । 

शुरुआतमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल भएकामा एमाले अध्यक्ष ओली पछि जोडिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।

कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।

त्यसैगरी गिरीबन्धु टि–स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको भन्दै तत्कालीन सरकारका नेतृत्वकर्ता केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग पनि कांग्रेसले संसदमा उठाउने भएको छ । 

सर्वोच्च अदालतको पूर्णपाठ आएपछि कांग्रेसले यो प्रकरणमा नीतिगत भ्रष्टाचार भएको भन्दै ओली सरकारलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेको हो । 

प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेको लागि बोलाइएको छ ।  प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरी सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भए पनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ