arrow

‘बालश्रम रोकौँ, विद्यालय पठाऔँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
bhagwati-chaudhari-minister.jpg
तस्बिर-फाइल

काभ्रेपलाञ्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालश्रम रोक्न सबै पक्ष लाग्नुपर्ने बताएकी छन् । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-८ स्थित भालेश्वर माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सबै बालबालिकालाई बालश्रममा लाग्नबाट रोक्दै विद्यालयसम्म पुर्याउन सबै पक्षको भूमिका उत्तिकै रहेको बताइन् ।

“सबै बालबालिकाले शिक्षा पाउनुपर्छ, उनीहरूलाई कुनै पनि बहानामा श्रममा लगाउन पाइँदैन, चालु शैक्षिक शत्रमा पनि प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना दर न्यून देखिएको छ, सरकारमा आबद्ध व्यक्तित्वले आ-आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्छ”, मन्त्री चौधरीले भनिन् । किशोरीको आत्मरक्षाका लागि सबैले अनिवार्यरूपमा आत्मरक्षा तालिम लिनुपर्ने उनको थियो । 

मन्त्री चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाइमा जोड दिनुपर्ने बताइन् । 

“सङ्घीय शिक्षा ऐन सङ्घ, प्रदेश र स्थानीय तहको सरकार जिम्मेवार हुने गरी आउनुपर्छ, ऐन अहिले संसद्मा छलफलमा छ, विश्वविद्यालय र विद्यालय शिक्षा ऐनसँगै सही ढङ्गबाट आउने अपेक्षामा छौँ”, उनले भनिन् । 

मन्त्री चौधरीले स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिएको अवस्थामा केही गुनासा आए पनि त्यसलाई पनि सम्बोधन हुने गरी ऐन आउनुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा संविधानसभा सदस्य रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ