arrow

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
sandeep-lamichhane-02-02.jpg

काठमाडौँ । उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । 

क्यानले क्रिकेटर सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको हो । 

उच्च अदालत पाटनका न्यायाधीश द्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले क्रिकेटर लामिछानेलाई आज सफाइ दिएको थियो । 

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र रु पाँच लाखको जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

त्यससँगै क्यानले पनि लामिछानेलाई क्रिकेट गतिविधिबाट निलम्बन गरेको थियो । 

योसँगै सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा फर्कन पाउने भएका छन् । उनले टी २० विश्वकप खेल्न पाउने सम्भावना पनि अझै जीवितै रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ