arrow

प्रधानमन्त्री रोबर्टमाथि गोली प्रहार, अवस्था स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
world-map.gif

काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको शल्यक्रियापछि अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार बीबीसीले स्लोभाकका वातावरणमन्त्री टोमस ताराबालाई उद्धृत गर्दै प्रधानमन्त्रीको ज्यान खतरामा नरहेको बताएको छ । 

ताराका अनुसार एउटा गोली पेटमा र अर्को जोर्नीमा लागेको थियो । शल्यक्रियाका क्रममा फिकोको अवस्था गम्भीर रहेको स्लोभाकका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रोबर्ट कालिनाकले बताए । 

स्लोभाकका गृहमन्त्री माटुस सुताज इस्टोकका अनुसार यो आक्रमणलाई राजनीतिक रूपमा प्रेरित हत्याको रूपमा वर्गीकृत गरिएको छ । 

फिको बुधवार दिउँसो राजधानीबाट करिब १५० किलोमिटर उत्तर पूर्वमा रहेको ह्यान्डलोभा शहरमा भएको सरकारी बैठकमा भाग लिएपछि आक्रमण भएको थियो । 

फिकोलाई हेलिकप्टरबाट बान्स्का बिस्ट्रिकाको रुजवेल्ट अस्पतालमा पुर्‍याइएको थियो । घटनास्थलबाटै पक्राउ परेका सन्दिग्ध ७१ वर्षीय पुरुष रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ