arrow

भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
train-malbahak-.jpg
तस्बिर-फाइल

जलेश्वर । भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्ति जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन् । 

उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताए ।

विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि  नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ