arrow

खेतको सिमाना विवादमा हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
siraha1.png

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ । 

कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
 
लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए । 

अध्यक्ष महतोका अनुसार दुई सँधियारबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो ।

घटना भएयता बचाइ फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताए। 

उनका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ