arrow

सैन्य आक्रमण रोक्न आईसीजेमा दुई दिने सुनुवाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
icj-court.jpg

काठमाडौँ । गाजामा इजरेलको सैन्य आक्रमण रोक्न दक्षिण अफ्रिकाको अनुरोधमा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले बिहीबारबाट आफ्नो दुई दिने सुनुवाइ शुरु गरेको छ । 

नेदरल्याण्ड्सका लागि दक्षिण अफ्रिकाका राजदुत वुसिमुजी मडोन्सेलाले न्यायाधीशहरूलाई आफ्नो देश प्यालेस्टिनी जनताको निरन्तर विनाश भइरहेको बिरुद्धमा अदालती प्रक्रियामा गइरहेको बताए । 

मडोन्सेलाले इजरेललाई रफाह लगायत गाजामा आफ्नो सैन्य कारबाही बन्द गर्न र सम्पूर्ण गाजा पट्टीबाट आफ्ना सेना फिर्ता गर्न आदेश दिन अदालतलाई आग्रह गरे । 

इजरेललाई संयुक्त राष्ट्र र मानवीय सहायताका लागि गाजामा निर्बाध पहुँच सुनिश्चित गर्न आग्रह गरे । इजरेलको तर्क शुक्रबार आईसीजेमा पेश गरिनेछ । आगामी हप्ताहरूमा फैसला हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ