arrow

अठार दिनदेखि अनसनरत दीपक भण्डारीको स्वास्थ्य बिग्रियो, वीर अस्पतालमा भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
dipak-bhandari-81-2-4.jpg

काठमाडौँ । राजधानीको शान्ति बाटिकामा १८ दिनदेखि अनसनरत तनहुँका अपांगता भएका दीपक भण्डारीको स्वास्थ्य बिग्रिएको छ । उनलाई शुक्रबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । 

अपांगता भएकाहरुसँग गरिएको सहमति पालना गर्नका लागि सरकारसँग माग गर्दै उनी अनसन बसेका हुन् । तर सरकारले अपांगता भएकाहरुको माग पूरा गर्न हेलचक्र्याइँ गरेपछि अपांगता भएकाहरुले कष्टकर जीवन बिताइरहेका छन् । 

माग पूरा गराउनका लागि बुधबार निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा सात जना घाइते भएका छन् भने डेढ दर्जनलाई पक्राउ गरेको थियो । 

त्यसअघि गत आइतबार पनि भण्डारीको जीवन रक्षाको माग गर्दै र्याली निकालिएको थियो । 

भण्डारीले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । 

सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही बैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि अनसन थालेका हुन् । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठले आगामी जेठ ८–९ गतेसम्म पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ