arrow

जैविक विविधता संरक्षणमा डब्लूडब्लूएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
nawal-kishor-shaha.jpg

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता संरक्षणमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको योगदान प्रशंसनीय रहेको बताएका छन् । 

डब्लूडब्लूएफ नेपालको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले जैविक विविधता संरक्षणमा संलग्न डब्लूडब्लूएफ नेपाललगायत सबै संरक्षण साझेदार र स्थानीय समुदायप्रति आभार व्यक्त गरे । 

साथै उनले नेपालमा संरक्षणमा डब्लूडब्लूएफ नेपाललद्वारा गरिएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारको सधैँ समन्वय हुने प्रतिबद्धता जनाए । 

कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले आफूहरुले नेपालको जैविक विविधता संरक्षणका साथै वन्यजन्तु चोरी-सिकार नियन्त्रण, एकीकृत नदी बेसिन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै गरेका कामबारे अवगत गराए । 

उनले जलाधार र सिमसार क्षेत्र संरक्षण, जलवायु स्मार्ट र वन्यजन्तु प्रवर्द्धन तथा वन्यजन्तुमैत्री पूर्वाधारमा सक्दो सहयोग र कोसिस गरेको उल्लेख गरे । 

राष्ट्रिय प्रतिनिधि डा गुरुङले नेपाल सरकार, साझेदार अन्य निकाय र दाताहरुको निरन्तर सहयोगका कारण नै संरक्षणका क्षेत्रमा सफलता हासिल भएको बताए ।

कार्यक्रममा सरकारी अधिकारीहरू, विभिन्न मुलुकका राजदूत, अन्तर्राष्ट्रिय र राष्ट्रिय संरक्षण र विकास साझेदार निकायका प्रतिनिधिलगायत उपस्थित थिए । 

यस्तै, डब्लूडब्लूएफ नेपालले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएबापत यस वर्षको संरक्षण पुरस्कार अनिल अधिकारी, हिमाली संरक्षण मञ्च र धनगढी उपमहानगरपालिकालाई प्रदान गरेको छ ।

साथै यस वर्ष मुलुकभरका विभिन्न १० जना विद्यार्थीलाई स्मृति छात्रवृत्ति प्रदान गरिएको छ ।

सो अवसरमा डब्लूडब्लूएफ नेपालको पुस्तक “३० पृष्ठमा ३० वर्ष” विमोचन गरिएको थियो । पुस्तकमा डब्लूडब्लूएफ नेपालको ३० वर्षको कोशेढुङ्गाको चित्रमय यात्रा ३० पृष्ठमा प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ