- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । रायसीको हेलिकप्टरको भग्नावशेष अजरबैजानको पहाडमा फेला परेको छ ।
“राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ”, सरकारी टेलिभिजनले भनेको छ ।
राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
राष्ट्रपति राईसी र इरानका विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानसहित विमानमा सवार नौ जना भेटिएका छैनन्।
यस्तो अवस्थामा उनीहरुको बाँच्ने आशा कम भएको छ । खोजीमा खटिएको रेडक्रिसेन्ट टोलीले कोही पनि जीवित रहेको कुनै संकेत नदेखिएको जनाएको छ
“खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ”, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ ।
सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ ।