- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ ।
सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।
कार्यादेश टुंगो लाग्न पछिल्ला संसदीय गतिविधिका कारण केही कठिन भएको देख्न सकिन्छ ।
कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नम राखेरै कार्यादेश बनाउनुपर्ने माग गरेका छन् ।
तर सत्तापक्ष नाम नराखि समिति बनाउनेतर्फ उन्मुख हुँदा सहमति जुट्न सकेको छैन ।