arrow

आक्रमणमा ४० भन्दा बढीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
nigeria_violence.png

काठमाडौँ । मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन् ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारहरूलाई भने, “मोटरसाइकलमा सवार दर्जनौँ बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।” 

बन्दुकधारीहरूले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए ।

सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ