arrow

युरोपा लिगको उपाधि एटलान्टालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
europa-league-atlanta-2024.jpg

काठमाडौँ । युरोपा लिग फुटबलको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा एटलान्टाले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो । 

एटलान्टाको जितमा एडमोला लुकम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको १२औँ, २६औँ र ७५औँ मिनेटमा गोल गरेका थिए ।

एटलान्टाले युरोपा लिगको उपाधि जितेको यो पहिलो पटक हो ।

त्यस्तै यस सिजनमा ५१ खेलमा अपराजित रहेको लिभरकुसेनको यात्रा भने यो हारसँगै रोकिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ