arrow

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल, बैंककै कर्मचारीलाई अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
omprakash-khanal-rbb.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओको रुपमा नियुक्त गरेको हो । 

उनी चैत २९ गतेदेखि बैंकको निमित्त सीईओ रहँदै आएका थिए । सोही भूमिकामा रहँदै सीईओको प्रतिस्पर्धामा भाग लिएका खनालाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

यसअघि चैत २८ गते किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरी अवकाश पाएका थिए । बैशाख ७ सीईओ छनोट गर्न सिफारिस गरेको समितिले नयाँ सीईओका लागि आवेदन खुलाएको थियो । 

सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए । 

सीईओका लागि शुरुमा भने २० जनाको आवेदन परेको थियो । छनोट समितिले शुरुमा ५ जना सर्टलिष्ट गर्दै खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । 

बैंकभित्रकै व्यक्तिलाई अवसर दिने गरी खनालको नियुक्तिले सरकारी बैंकमा राजनीतिक हस्तक्षेपको गुञ्जायसलाई समेत कम गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ