arrow

टाटा मोटर्सको एक्सचेन्ज कार्यक्रम आयोजना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
sipradi-tata-motors-exchange-offer-2024.jpg

काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र अनधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले टाटा मोटर्स एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएका टाटा नेक्सन म्याक्स र टियागो लगायतका विद्युतीय गाडीहरू साट्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशै भरी रहेका शोरुमहरूमा एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

एक्सचेन्ज कार्यक्रममा विद्युतीय गाडीका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस लगायतका आकर्षक उपहारहरू रहेका छन्।

यस कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरू खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ