arrow

हिरासतमा रहेका कैलाश सिरोहिया अस्वस्थ्य, अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
kailash-sirohiya-kantipur.jpg
तस्बिर – फाइल ।

जनकपुर । नागरिकताको विषयमा गत मंगलबारदेखि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । 

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ । सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौँमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । 

उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भैरहेको छ ।

सिरोहियालाई अहिले जनकपुरस्थित काब्या अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ