- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अर्जेन्टिनामा यस वर्षको पहिलो पाँच महिनामा चार लाख ८८ हजारमा डेंगी देखिएको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । यो गत वर्षको तुलनामा तीन दशमलव ३५ गुणा धेरै हो ।
मन्त्रालयको राष्ट्रिय इपिडिमियोलोजिकल बुलेटिनअनुसार वर्षको पहिलो २० हप्तामा चार लाख ८८ हजार ३५ जना डेंगीका बिरामी दर्ता भएका छन् । डेंगीका सबैभन्दा धेरै केस मध्य क्षेत्रमा रिपोर्ट गरिएको र त्यसपछि उत्तरपश्चिम र उत्तरपूर्वी क्षेत्रहरू पाइएको थियो ।
देशका २४ मध्ये १९ जिल्लामा डेंगीको सङ्क्रमण भेटिएको र यस सिजनमा तीन सय ४३ जनाको मृत्यु भएको छ । धेरै सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने धेरैजसो लक्षणहरू देखिएका थिए ।