arrow

रोनाल्डोले बनाए कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
ronaldo-24-05-05.jpg

काठमाडौँ । अल हिलाल साउदी प्रो लिग फुटबल च्याम्पियन बनेको छ । अल हिलाल चार खेल बाँकी रहँदै उपाधि उिपाधि जितिसकेको अल हिलाल लिगको एकमात्र अपराजित टिम हो । 

लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गर्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।  लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुल्यो । हिलालले १०१ गोल गर्दा केवल २३ गोल मात्रै बेहोर्यो ।

क्रिष्टियानो रोनाल्डो रहेको अल नासर दोस्रो भयो । नासरले ८२ अंक बटुल्यो । त्यस्तै अल एलीले तेस्रो भयो । शीर्ष तीनमा रहेका टिमले एएफसी च्याम्पियन्स लिग खेल्नेछन् । 

चौथो भएको अल तावनले एएफसी कप खेल्नेछ ।

१८ टिम रहेको प्रो लिगबाट अभा, अल ताइ र अल हाजिम रेलिगेसनमा परेका छन् । 

रोनाल्डोको रेकर्ड
रोनाल्डोले साउदी प्रो लिगको एक सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् ।

सोमबार राति अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा दुई गोल गरेसँगै रोनाल्डोले पुरानो कीर्तिमान तोड्दै नयाँ कीर्तिमान रचेका हुन् । 

उनले यो सिजन ३१ खेलमा ३५ गोल र ११ असिस्ट गरे । 

रोनाल्डोले कीर्तिमान बनाउने क्रममा अल नासरकै पूर्व मोरक्कन फरवार्ड अब्देरराजक हमदल्लाहको कीर्तिमान तोडेका हुन् । उनले सन् २०१८–१९ को सिजनमा ३४ गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ