arrow

ट्राफिक महिला प्रहरीलाई महिनावारीको बेला चार दिन बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
traffic-checking.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले अबदेखि महिनावारीको बेला ट्राफिक महिला प्रहरीलाई चार दिन बिदा दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा चार दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् ।

लामिछानेले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ