arrow

शिक्षा मन्त्रालयतर्फ यस्तो छ बजेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
Education-ministry.jpg.jpeg

काठमाडौँ ।  सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मंगलवार संसद्मा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गरेका हुन्। 

उनले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको बताए । उनले १२ कक्षा पूरा गरेका विद्यार्थीहरूलाई सीप र रोजगारीमा आबद्ध गरिने बताए । उनले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने बताए । उनले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको बताए । 

उनले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताए । सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रूपमा कार्यान्वयन गर्ने बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ