arrow

इलेक्ट्रिक गाडीमा बढ्यो कर, अब कुन रेञ्जको गाडीको कति पर्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
electric-car-nepal.jpg

काठमाडौँ । इलेक्ट्रिक गाडीमा लाग्दै आएको भन्सार तथा अन्तशुल्कमा वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक विधेयकमा इलेक्ट्रिक भेहिकलको भन्सार बढाइएको हो । 

यस अनुसार अब ५० किलोवाटसम्मको सवारी साधनमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लाग्नेछ । यसअघि भन्सार १० प्रतिशत र अन्तशुल्क शून्य प्रतिशत थियो । 

त्यस्तै, ५० देखि १ सय किलोवाटसम्म क्षमता भएका कारमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लगाइएको छ । यसअघि यो क्षमता भएका सवारी साधनमा यस्तो करको दर १५ प्रतिशत र १० प्रतिशत थियो । 

त्यस्तै १ सयदेखि २ सय किलोवाटसम्म भन्सार र अन्तशुल्क २०–२० प्रतिशत रहेकोमा अहिले यसलाई बढाएर भन्सार ३० प्रतिशत र अन्तशुल्क २० प्रतिशत पुर्याइएको छ । २ सयदेखि ३ सय किलोवाटसम्म ५० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क रहेकोमा भन्सार दरलाई ६० प्रतिशत पुर्याएर अन्तशुल्कलाई ३५ प्रतिशतमा झारिएको छ । 

३ सयभन्दा बढी किलोवाट मोटर भएका कारमा भन्सार र अन्तशुल्क दुबै ६०÷६० प्रतिशत कायम रहेकोमा अहिले भन्सार ८० प्रतिशत र अन्तशुल्क ५० प्रतिशतमा झारिएको छ । त्यसबाहेक सबै क्षमताका कारहरुमा १३ प्रतिशतका दरले भसार महशुल लाग्ने व्यवस्था छ । 

१८ लाख ६१ हजार रुपैयाँ रहेको छ । त्यस्तै ५० देखि १०० किलोवाटसम्मको २८ लाख १३ हजार, १०० देखि २०० किलोवाटसम्मको ५० लाख ६१ हजार र २०० किलोवाटदेखि ३०० किलोवाट क्षमताको सवारी साधनको मूल्य ७२ लाख ९८ हजार रुपैयाँ रहेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ