arrow

रेमल आँधीले भारतको आइजवलमा २७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
remal-flood-india-2024.jpg

काठमाडौँ । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमलबाट शुरू भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’

पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरम सीएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । 

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ