arrow

एनआईसी एसिया बैंकले कर्जा ग्राहकलाई विभिन्न छुट दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
nic-asia-logo-2081-red.jpg

काठमाडौँ । एनआईसी एसिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउन विभिन्न छुट कार्यक्रम ल्याएको छ । 

बैंकले गत चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा विभिन्न छुट दिने जनाएको छ । 

जसअनुसार ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयावधिमा साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिने जनाएको छ । 

त्यस्तै भाखा नाघेको १८१ दिनदेखि ३६५ दिनसम्मको अवधिको २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको ३५ प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । 

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ