arrow

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका ४ बजेदेखि नै खोलिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
pashupati-mandir-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रदेव भगवान् पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए । 

उनले भने, “ भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन् भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ