arrow

इजरेलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
israel-army.jpg

काठमाडौँ । इजरेलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसङ्घका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । 

उनीहरूले इजरेलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा प्रतिबन्ध लगाउनसमेत आह्वान गरेका छन् ।

इजरेली आक्रमणले विस्थापितको शिविरमा लक्षित प्रहार गरेपछि कम्तिमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएको गाजाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गरी अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।

आक्रमणको केही समयपछि इजरेली रक्षा बलले हमासको कार्यालय परिसरलाई निशाना बनाएको र कारबाहीमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो ।

 इजरेली शहर तेल अभीभमा हमासले गरेको पहिलो रकेट आक्रमणपछि इजरेली आक्रमण भएको हो ।

विशेषज्ञको समूहले रफाहमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान पनि गरेको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङघीय उच्चायुक्तको कार्यालयले विज्ञप्ति जारी गर्दै बर्बर आक्रमण अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ