arrow

गाजा युद्ध थप सात महिना जारी रहने इजरेलको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ ।  रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरेली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् । 

इजरेलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरेलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको सङ्केत गरेका छन् ।

“हामी अहिले सन् २०२४ को पाँचौँ महिनामा छौं । हमास र इस्लामिक जिहादको सैन्य र सरकारी क्षमताहरू नष्ट गर्ने हाम्रो लक्ष्य हासिल गर्न हामी थप सात महिनाको लडाइँको अपेक्षा गर्दछौँ,” हानेग्बीले बताए । 

हमासविरूद्धको कारबाही सुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरेली ट्याङ्कहरू बुधबार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी टिप्पणीहरू आएका हुन् ।

आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरेलले आफ्नो सैन्य आक्रमण जारी राखेको सिएनएनले जनाएको छ । 

इजरेली सरकारले हमास विरुद्धको युद्धको अन्तिम चरण रफाहमा प्रवेश हुने बताएको थियो । हमाससँग बन्धकहरूका फिर्तीबारे सम्झौतामा विचार भएपनि इजरेली युद्ध मन्त्रीमण्डलको अधिक कट्टर समूहले गाजामा रहेको बन्धकहरूको फिर्ती पश्चात लडाकू समूहको विनाशलाई प्राथमिकता दिँदै रफाह आक्रमण बढाउनपर्नेमा जोड दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ