arrow
ADVERTISEMENT

ब्राजिलका काका चीनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
kaka-nbrazil.jpg

काठमाडौँ । ब्राजिलका पूर्व फुटबलर काकाले चीनको गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीमा रहेको भिलेज सुपर लिगको भ्रमण गरेका छन् । 

भ्रमणका क्रममा काकालाई न्यानो स्वागत र उपहारहरू दिइएको थियो । उनले भ्रमणका क्रममा न्यानो स्वागत र उपहार पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताए । 

रोङजियाङमा आफ्नो बसाइको क्रममा, काकाले काउन्टीका प्राथमिक विद्यालयका विद्यार्थीहरूको खेल पनि हेरेका थिए ।

काका  ब्राजिलका पूर्व फुटबल स्टार हुन् । काकाले ब्रजिली क्लव साओ पाउलोबाट करिअर सुरु गरेका थिए । 

उनी विश्वका ती आठ फुटबलरमध्येका एक हुन् जसले फिफा विश्वकप, च्याम्पियन्स लिग वा युरोकप र फिफा बेलोन डि’ओरको उपाधि जितेका छन् ।

उनले ब्राजिलबाट फिफा विश्वकपको उपाधि २००२ मा जिते, २००७ मा एसी मिलानबाट च्याम्पियन्स लिगको उपाधि जिते र त्यसै वर्ष विश्वकै उत्कृष्ट फुटबलरको रुपमा बेलोन डि’ओर अवार्ड जिते ।

सन् २००३ देखि २००९ सम्मको ६ वर्ष उनको खेलजीवनकै सबैभन्दा उर्वर समय मानिन्छ । 

२००९ मा टूर्नामेंटको उत्कृष्ट खेलाडीको रूपमा गोल्डेन बल पुरस्कार जितेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ