arrow

चौथो रारा ट्रेल रनको उपाधि राज्यलक्ष्मी र अक्कललाई 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
rara-trail-run-4th-2081.jpg

मुगु । नेपाली सेनाले नेपालकै ठूलो र गहिरो ताल रारामा सन्चालन गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधि राज्यलक्ष्मी रावल र अक्कल बढुवालले जितेका छन् ।

बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथो पटकको रनको लागि नेपालकै ठूलो ताल रारा ताल वरिपरि धावकहरुलाइ प्रतिस्पर्धा गरिएको थियो ।

यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको थियो । शुक्रबार बिहान सञ्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरी १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।

सहभागी पुरुष १६९ मध्ये छायाँनाथ रारा नगरपालिका वडा नं १४ वाम गाउँका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किलोमिटर दूरी १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै पहिलो, कनकासुन्दरी गाउँपालिका ३ का सेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दोस्रो र कनकासुन्दरी २ जुम्लाकै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तेस्रो स्थान प्राप्त गरेका थिए ।

यस्तै महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका ३ गज्याङ्गकोट गाउँकी राज्यलक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दूरी १ घण्टा  १४  मिनेट ३३  सेकेन्डमा पार गर्दै पहिलो, पातारासी गाउँपालिका २ जुम्ला पेडा गाउँकी कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोस्रो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्रो स्थान हात पारेका छन् ।

ट्रेल रनमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार, ४० हजार, ३० हजार नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ । 

विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपापलिकाका कावा प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष, उत्तर पश्चिम पृतना उपरथी कृष्णदेव भट्टले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए । 

दौड प्रतियोगितामा जेष्ठ खेलाली ५१ वर्षीय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षीय दिपेन्द्र रावल प्रतियोगीका रुपमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ