arrow

गाजा युद्ध सकिन हमासको विनाश हुनुपर्छ – नेतान्याहू 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
israel-PM-benjamin-netanyahu.jpg
तस्बिर – फाइल ।

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतिपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको विनाश नभएसम्म युद्धको अन्त्य नहुने दाबी गरेका छन् ।

युद्धको अन्त्यका लागि इजरायलको अवस्था परिवर्तन नभएको जनाउँदै इजरायली नेताले हमासको विनाशले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको सुनिश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । 

प्रस्ताव अन्तर्गत इजरायलले स्थायी युद्धविराम लागू गर्नुअघि यी सर्तहरू पूरा गर्नुपर्नेमा जोड दिएको छ । यी सर्त पूरा हुनुअघि इजरायल स्थायी युद्धविराममा सहमत नहुने धारणा नेतान्याहूले उल्लेख गरे ।

शनिबार बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धविरामका लागि नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताए । उनले युद्धविराम तीन चरणको प्रस्तावमा छ हप्तादेखि गाजाको सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने बताए । 

युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टिनी कैदीको रिहाइको बदलामा महिला, वृद्ध–वृद्धा घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले उल्लेख गरेका छन् ।   

इजरायल र प्यालेस्टिनीले स्थायी युद्धविरामका लागि छ हप्तामा वार्ता गर्ने र वार्ताको क्रममा युद्धविराम जारी रहने बाइडेनले जनाए । 

हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मक रूपमा लिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ