arrow

अवैध एक करोड एक लाख सशस्त्रबाट बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
apf-sunsari-illegal-money.jpg

सुनसरी । सशस्त्र प्रहरी बलले अवैध एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । गएराति साढे ८ बजे सुनसरीको हरिनगर गाउँपालिका ५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट सप्रह किरणकुमार राईको कमाण्डमा खटिएको दुई जनाको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६च ७६१३ नं. को कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र झोलामा राखेको अन्दाजी एक करोड एक लाख रुपैयाँ बरामद गरेको हो । 

जसमा  एक हजार र पाँच सयका नोट रहेका थिए । प्रहरीले चालक सुनसरी हरिनगर गाँउपालिका ५ का अन्दाजी ३७ वर्षका ईसा अन्सारीसहित बरामद रकम नियन्त्रणमा लिएको छ । 

चालकसहित बोर्डर आउट पोष्ट बसन्तपुरमा ल्याई सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिगएका सप्रनाउ सुवास केसीको टोलीले राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ