- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विगत १४ वर्षदेखि लागू गरिएको सुनको सिन्डिकेट र हाल सुनमा लगाइएको अव्यवहारिक भन्सार वृद्धिविरुद्ध संयुक्त रुपमा सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति प्रदर्शनमा उत्रिएको छ ।
उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सुनमा लगाएको सिन्डिकेट तुरुन्त खारेज गर, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालिगढमैत्री नीति–निर्देशिका, ऐन तुरुन्त लागू गर भन्ने प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।