arrow

पीएसजी छाडे एम्बाप्पेले, रियाल मड्रिडसँग सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २० आइतबार
kelian-mbappe.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । फ्रेन्च फुटबलर केलियन एम्बाप्पे अन्ततः स्पेनिश क्लब रियाल मड्रिड जाने निश्चित भएको छ । एम्बाप्पेले रियाल मड्रिडसँग फ्री–ट्रान्सफरको सम्झौता गरेका हुन् ।

२५ वर्षे एम्बाप्पेको फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा जुन ३० मा सम्झौता सकिँदै छ । त्यसपछि उनी रियाल मड्रिड जाने सम्झौता गरेको फुटबल पत्रकार फाब्रिजियो रोमानोले जानकारी दिएका छन् । रियालले एम्बाप्पेलाई भित्र्याएको घोषणा केही दिनमा गर्ने उनले जानकारी दिएका छन् ।

रियालले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको उनले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियाल मड्रिडले एम्बाप्पेलाई फ्री–ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियाल मड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो ।

उनले यसअघि नै पीएसजीका फ्यानहरुलाई एक पोष्ट लेख्दै आफूले क्लब छोड्ने जानकारी दिएका थिए ।

सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट ऋणमा पीएसजी आएका एम्बाप्पे सन् २०१८ देखि पीएसजीको खेलाडी बनेका थिए । 

अहिलेसम्म पीएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पीएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् । त्यस्तै २०१९–२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

उनकै सर्वाधिक गोलले फ्रान्स विश्वकपको उपविजेता बनेको थियो । उनी सन् २०१८ को विश्वकपमा इमर्जिङ खेलाडीसमेत हुन् ।
             
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ