arrow

विद्यार्थी कुट्ने शिक्षक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
sudip-adhikari-kaski-police.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ स्थित युनिभर्स इंग्लिस बोर्डिङ स्कुलका शिक्षक सुदीप अधिकारी पक्राउ परेका छन् । 

यही जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय एक विद्यार्थीलाई होमवर्क नगरेको र अक्षर पनि नराम्रो भएको भन्दै कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । 

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका थिए । अधिकारी कास्कीको रुपा गाउँपालिका वडा नं ६ खोलाकोछेउ निवासी हुन् । उनले सञ्चारमाध्यममार्फत विद्यार्थीलाई कुटपिट गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका थिए । 

कास्कीको रुपा गाउँपालिका-६ घर भएका शिक्षक अधिकारीविरुद्ध बालबालिकासम्बन्धी ऐनअन्तगर्तगको कसूरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उनलाई अदालतले दोषी ठहर गरेमा एक वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिबाना हुन सक्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ