arrow

सुनको भाउमा बन्यो नयाँ कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसैगरी तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । 

त्यस्तै चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ