arrow

एनआईसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट सम्बन्धी योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
nic-asia-logo-2081-red.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एसिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले गत चैत्र मसान्त सम्ममा विभिन्न छुटको योजना ल्याएको छ । 

बैंकले भाका नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममासमेत निश्चित छुट गरेको योजना ल्याएको जनाएको छ । 

छुट प्रदान गर्ने योजनाहरुमा ९१ दिनदेखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत छुट, १८१ दिनदेखि ३६५ दिनसम्म २५ प्रतिशत छुट र ३६५ दिनभन्दा बढीको हकमा ३५ प्रतिशत छुट दिने उल्लेख गरेको छ । 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भइ लाभ लिन सक्ने बैंकले जनाएको छ । 

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । 

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमासमेत टेवा पुग्ने बैंकले विश्वास लिएको प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ